बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह- घुस डिल गर्ने तपाईंको मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

बर्खास्त गरेर मात्रै हुँदैन निष्पक्ष छानबिन गरेर दोषीउपर कारबाही हुनुपर्ने बताए ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० असार, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीलाई गगन थापाको आग्रह- घुस डिल गर्ने तपाईंको मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्
काठमाडौं, असार ३० :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले नदेखाएको भन्दै तत्काल बर्खास्त गरेर अनुसन्धानको बाटो सहज बनाउनुपर्ने बताए । बर्खास्त गरेर मात्रै नहुने भन्दै निष्पक्ष छानबिन हुनुपर्ने र दोषीउपर कारबाही हुनुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । त्यसलाई लतारेर लिएर जान्छु भन्नेकुरा गरिसकेपछि मैले प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नु होला भन्ने मेरो अपेक्षा थियो । त्यसबारेमा टिप्पणी नै गर्नुपर्ला जस्तो लागेको थिएन । तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । कार्यक्रममार्फत नै म प्रधानमन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु । तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् । यो विषयको छानविन गर्ने विषयलाई सहज बनाउनुस् । बर्खास्त गरेर मात्रै हुँदैन । यत्तिको कुरा आइसकेपछि यसको दुधको दुध र पानीको पानी हुनुपर्छ । त्यसको छानविन हुनुपर्छ । यसमा देखिएका संलग्न भएका अरु कोको छन्, छन् भने कसैको बारेमा टिप्पणी गर्न हतारो हुन्छ । कहीँ कतै दोषी देखिन्छन् भने कारबाही गर्नुपर्छ ।’

महामन्त्री थापाले कानुनभन्दा माथि कोही पनि नहुने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार