काठमाडौं, असार ३१ :

पूर्वाञ्चल विश्वविद्यालयको आज (मंगलबार) सम्पन्न ४१औं सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्विकृत गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी ओलीको अध्यक्षतामा भएको बैठकमा रजिस्ट्रार प्रा.डा. कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष ०८२/८३ का प्रस्तावित आय-व्यय विवरण स्वीकृत भएको हो ।

यस्तै उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबीबीएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ ।

प्रधानमन्त्री एवं कुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष लाग्नुपूर्व सबै विश्वविद्यालयको सभा बैठक आयोजना भई बजेट स्वीकृतिको क्रम जारी छ ।