
फाइल तस्बिर।
अमेरिकाबाट पछिल्लो समय थप १९ जना नेपाली डिपोर्ट भएका छन्। जेठ २५ मा चार्टर्ड विमानमार्फत ३७ जना नेपाली डिपोर्ट भएर आएसँगै हालसम्म डिपोर्ट हुनेको संख्या १९७ पुगेको छ।
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाले कडा अध्यागमन नीति अवलम्बन गरेकाले सामान्य कसुरमा पक्राउ परेका पनि डिपोर्ट हुन थालेका हुन्। हाल एक-दुई जनाको संख्यामा नियमित उडानबाट नेपालीहरू डिपोर्ट हुँदै आएका छन्।
डिपोर्ट भएर फर्किने अधिकांश व्यक्ति तल्लो बाटो हुँदै अवैध रूपमा अमेरिका प्रवेश गर्ने प्रयास गरेका थिए। प्रहरीले मानव तस्करीमा संलग्न गिरोहबारे जानकारी पाउने उद्देश्यले डिपोर्ट भएकाहरूलाई सोधपुछ गरे पनि अधिकांशले सहयोग गर्न मानेनन्।
प्रहरीका अनुसार, अमेरिका पुग्न उनीहरूले ५० देखि ९० लाख रुपैयाँसम्म बिचौलियालाई बुझाएका थिए। उनीहरूलाई मध्यपूर्व, युरोप, र दक्षिण अमेरिका हुँदै अमेरिका लगिएको थियो।