बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कुलिङ पिरियडमा भएको जालझेलबारे सभापति खतिवडासँग विशेष समितिको सोधपुछ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३२ असार, २०८२ मा प्रकाशित
कुलिङ पिरियडमा भएको जालझेलबारे सभापति खतिवडासँग विशेष समितिको सोधपुछ
काठमाडौं, असार ३२ :

कुलिङ पिरियडमा भएको जालझेलबारे छानबिन गर्न गठित विशेष समितिले  सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ ।

संघीय निजामति विधेयकमा भएको अनियमितता (जालझेल) सम्बन्धमा  छानबिन गर्न गठित विशेष समितिले बुधबार खतिवडासँग सोधपुछ गरेको हो।  समितिले यसअघि समितिका तत्कालीन सचिव सुरज दूरासँग पनि सोधपुछ गरिसकेको छ।

प्रतिनिधिसभाले पारित गर्नुअघि राज्य व्यवस्था समितिले अवकाश प्राप्त गरेका वा राजीनामा दिएका कर्मचारीले सरकारी वा संवैधानिक निकायमा पुनः नियुक्ति पाउन कम्तीमा दुई वर्ष कुर्नुपर्ने प्रावधान राख्ने निर्णय गरेको थियो। तर प्रतिवेदन संसदमा पेस गर्दा उक्त प्रावधान निष्प्रभावी हुने गरी संशोधन गरिएको पाइएपछि विवाद उत्पन्न भएको थियो।

त्यसपछि प्रतिनिधिसभाले यस विषयमा अध्ययन र छानबिन गर्न सात सदस्यीय विशेष समिति गठन गरेको हो।  असार २३ गते गठन गरिएको विशेष समितिलाई छानबिन कार्यका लागि २१ दिनको समय दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार