बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

बंगलादेश : गोपालगन्ज हिंसामा ४ जनाको मृत्यु, सहरमा कर्फ्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ साउन, २०८२ मा प्रकाशित
बंगलादेश : गोपालगन्ज हिंसामा ४ जनाको मृत्यु, सहरमा कर्फ्यु
ढाका, साउन १ :

बंगलादेशको गोपालगन्जमा बुधबार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) को र्‍यालीमा भएको हिंसामा चार जनाको मृत्यु भएको छ ।

बीबीसी बंगलाका अनुसार, अन्तरिम सरकारले एक विज्ञप्ति जारी गर्दै हिंसामा संलग्न जो कोहीलाई पनि कानुनअनुसार कारबाही गरिने जनाएको छ ।

यसैबीच एनसीपीका संयोजक नाहिद इस्लामले २४ घण्टाभित्र हिंसामा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।

एनसीपीले बिहीबार देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । परिस्थितिलाई ध्यानमा राख्दै गोपालगन्जमा आज (बिहीबार) साँझ ६ बजेसम्म कर्फ्यु लगाइएको छ । सुरक्षाकर्मीहरूले सहरमा गस्ती गरिरहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार