बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

रविको पक्षमा साढे २४ लाख हस्ताक्षर, साउन ५ देखि घरदैलो अभियान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ साउन, २०८२ मा प्रकाशित
रविको पक्षमा साढे २४ लाख हस्ताक्षर, साउन ५ देखि घरदैलो अभियान
फाइल तस्बिर।
काठमाडौं, साउन १ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेका पक्षमा करिब २५ लाख हस्ताक्षर संकलन भएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी पार्टीले उक्त जानकारी गराएको छ । सहकारी ठगी, सम्पती शुद्धीकरण र संगठित अपराधको आरोपमा पुर्पक्षका लागि भैरहवा कारगारमा रहेका पार्टी सभापति  रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै गत असार ७ गतेदेखि हस्ताक्षर अभियान शुरु गरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै हस्ताक्षर अभियानका संयोजक दीपक बोहराले संसारभर हस्ताक्षर अभियान जारी रहेको बताए । उनले हाल हस्ताक्षर अभियान प्रदेश र पालिका कमिटीले सञ्चालन गरिरहेको उल्लेख गर्दै साउन ५ गतेदेखि वडास्तरमा घरदैलो कार्यक्रम गरिने बताए।

उनले भने, ‘हस्ताक्षर अभियान देशभरी नै भइरहेको छ । रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान असार सात गते काठमाडौंको माईतीघरबाट शुरु भएको हो । देश–विदेशमा हालसम्म २५ दिन अभियान चलेको छ । अहिलेसम्म जम्मा २४ लाख ५७ हजार ६ सय १८ हस्ताक्षर संकलन भएका छन् ।’

यस्तो छ उम्मेदवार छनोटको कार्यविधि

त्यस्तै पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार छनोट विधि सार्वजनिक समेत सार्वजनिक गरेको छ । अगामी कात्तिक १७ गते रूपन्देही– ३ हुने उपनिर्वाचनको उम्मेदवार तय गर्नको लागि उम्मेदवारको मापदण्ड तय गरी सार्वजनिक गरेको हो । 

भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार–पसार, लागुऔषध कारोबार, निकासी वा पैठारी, सम्पती शुद्धीकरण, अपहरण, हत्या वा अन्य नैतिक पतन देखिने गम्भीर कसुरमा सजाय नपाएको, अन्य फौजदारी कसुरमा सजाय भुक्तान गरेको भएपनि त्यसको अवधि सकिएको कम्तीमा एक वर्ष पूरा भएको, पार्टीका मूल्य–मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध र अन्य कुनै राजनीतिक दलसँग आवद्ध नरहेको हुनुपर्ने उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार