काठमाडौं, साउन २ :

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा  र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको राष्ट्र बैङ्कले जनाएको ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ १२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७४  पैसा र बिक्रीदर ८९ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ७५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०० रुपैयाँ २४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।