बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किने बारेमा ओलीले के भनेका थिए ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ साउन, २०८२ मा प्रकाशित
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किने बारेमा ओलीले के भनेका थिए ?
काठमाडौं, साउन ५ :

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटबारे केन्द्रीय कमिटीलाई जानकारी गराएका छन् । पार्टी केन्द्रिय कार्यालय च्यासलमा सोमबारको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले भेटबारे नेताहरुलाई जानकारी गराएका हुन् । 

अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग सबैकुरा खुला रुपमा राखेको र सरकारले गरेका काम, एमालेमाथि भइरहेका प्रहार, विधान अधिवेशनको बारेमा आफूले कुरा गरेको बताए। राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनुहुन्छ की हुँदैन ? भन्ने विषयमा आफ्नो तर्फबाट भइरहेका अभ्यासबारे स्पष्ट दृष्टिकोण राखेको जानकारी गराए । पार्टी सदस्यतका विषयमा पनि कुनै विवाद गर्नुपर्ने विषय नरहेको र केन्द्रीय समितिले यसबारेमा निर्णय गर्ने जानकारी गराएको बताए।

उनले भने, ‘हिजो पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति बीचको भेटघाटको प्रसंग पनि छ । पूर्वराष्ट्रपतिज्युको आग्रहमै १० औं वर्ष पार्टी अफिसमा म जान सकिरहेको छैन, हेरेको छैन भनेर पार्टी अफिसमै गरौँ भन्ने सल्लाह बमोजिम भेट भयो । भेटका क्रममा सबै कुरा खुलस्त ढंगले प्रश्तुत भएको छ, राष्ट्रिय राजनीति कसरी अघि बढेको छ, नेकपा एमालेमाथि कसरी प्रहार भइरहेको छ, एमालेमाथि प्रहार गर्ने तत्वहरु कसरी सल्बलाइरहेका छन् ? भन्नेदेखि सरकारले गरेका कामहरु, विधान अधिवेशनको तयारीका सन्दर्भमा एकअर्कामा खुला रुपमा छलफल भएको कुरा भन्नुभयो । राष्ट्रपति राजनीतिमा आउनुहुन्छ की हुँदैन भन्ने विषय पार्टी अध्यक्षले आफ्नो तर्फबाट चलिरहेका अभ्यासका बारेमा पार्टीका तर्फबाट स्पष्ट दृष्टिकोण राख्नुभएको छ । पार्टी सदस्यतका विषयमा पनि कुनै विवाद गर्नुपर्ने विषय रहेन, केन्द्रीय कमिटीले निर्णय गर्दछ भनेर भने ।’

प्रचार विभाग प्रमुख गौतमकाअनुसार अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी कार्यालयमै भेट्नुको कारण भण्डारीले आफूले १० वर्ष भन्दा बढी समय पार्टी कार्यालय नगएकाले पार्टी कार्यालयमै भेट्न आग्रह गरेपछि च्यासलमै भेटेको पनि जानकारी दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार