बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार विदेश

रूसी विमान घना जंगलमा दुर्घटना, सबै यात्रुको मृत्यु भएको आशंका

विमानको भग्नावशेष जङ्गलमा जलिरहेको अवस्थामा भेटिएको छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ साउन, २०८२ मा प्रकाशित
रूसी विमान घना जंगलमा दुर्घटना, सबै यात्रुको मृत्यु भएको आशंका
काठमाडौं, साउन ८ :

रूसको पूर्वी अमूर क्षेत्रमा विमान दुर्घटना भएको छ । अंगारा एयरलाइन्सको एंटोनोव एएन-२४ नामको यात्रुबाहक विमान बिहीबार जङ्गलमा खसेको हो। विमानमा झण्डै ५० जना सवार थिए। प्रारम्भिक जानकारीअनुसार कोही पनि बाँच्ने सम्भावना देखिँदैन।

रूसी आपतकालीन सेवाका अनुसार विमानको भग्नावशेष  जङ्गलमा जलिरहेको अवस्थामा भेटिएको छ। हेलिकप्टरबाट लिइएका तस्विरमा विमानको अघिल्लो भाग आगोले ढाकिएको देखिन्छ। उद्धार टोली घटनास्थलतर्फ गइरहेका छन् । तर जङ्गल गहिरो भएकाले पुग्न कठिनाई भइरहेको छ।

विमान उडिरहेको बेला अचानक रडारसँग सम्पर्क विच्छेद भएको थियो। त्यसपछि जङ्गलमा खसेको पुष्टि भयो। अहिले दुर्घटनाको कारण खुल्न बाँकी छ, तर मौसम खराब वा प्राविधिक समस्या भएको अनुमान गरिएको छ। सरकार र उद्धार निकायले घटनाको छानबिन थालेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार