काठमाडौं, साउन ९ :

प्रधानमन्त्री केपी ओली आज (शुक्रबार) विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदै छन् ।

प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका ८ स्थित बिग्ही नदीमाथि निर्माण भएको पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीका अनुसार महोत्तरीमै जनकपुर-कुर्था-सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम पनि छ ।

यसैगरी प्रधानमन्त्री ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने पनि कार्यक्रम छ ।