
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेमा गहिरो वैचारिक, राजनीतिक र नेतृत्वको संकट देखिएको बताएका छन्।
काठमाडौं सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै उनले जबजको उत्तराधिकारीबारे सुरु भएको विवादले एमालेलाई गम्भीर संकटमा पुर्याएको दाबी गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीसँग जोडिएर दिएको विवादास्पद अभिव्यक्तिबाट सुरु भएको प्रक्रियाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियता बढ्दै गएको र त्यसले पार्टीभित्रको संकट झन् गहिरिएको तर्क गरे।
प्रचण्डले कांग्रेसमा पनि वैचारिक र सांगठनिक नेतृत्वको खडेरी देखिएको भन्दै माओवादी केन्द्रमात्र स्पष्ट वैचारिक धार लिएर अघि बढिरहेको जिकिर गरे।
उनका अनुसार माओवादी केन्द्रले आठौं महाधिवेशनमा समाजवादी क्रान्तिको सम्बन्धमा सर्वसम्मत निर्णय गरेको र पार्टीभित्र हालसम्म विमति नआएको छ। प्रचण्डको अभिव्यक्तिले एमालेभित्रको हालको अवस्थालाई गहिरिँदो वैचारिक द्वन्द्व र नेतृत्व संकटका रूपमा औंल्याएको छ।