बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

संवैधानिक परिषदको बैठक बस्दै

· शुक्रबार, २९ भदौ, २०८१ मा प्रकाशित
संवैधानिक परिषदको बैठक बस्दै
काठमाण्डौँ , भदौ २९ :

संवैधानिक परिषदको बैठक आज बस्दै छ ।

परिषदको अध्यक्षका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजेका लागि बैठक बोलाउनुभएको हो । 

सर्वोच्च अदालतको प्रधान न्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि दोस्रो पटक संवैधानिक परिषदको बैठक बोलाइएको हो ।

यसअघि बुधबार परिषदको बैठक बोलाएको भएपनि स्थगित भएको थियो ।

आज बस्ने परिषद् बैठकको तयारीका लागि बिहीबार प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको थियो । 

प्रमुख प्रतिपक्ष दलले नै संवैधानिक निकायमा चाँडो नियुक्ति गर्न माग गर्दै आएको छ ।

आजको बैठकमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा सिफारिस हुन सक्ने जनाइएको छ ।

सर्वोच्च बाहेक अन्य ६ संवैधानिक पद पनि रिक्त छ । उक्त पदमा राजनीतिक भागबन्डाको आधारमा नियुक्तिका लागि सिफारिस हुनेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार