बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार कला/साहित्य भिडियो

‘अहिले चित्त नबुझे अधिनायकवाद भन्नेहरुलाई जेल हतकडी थाहा नहुन सक्छ’

प्रधानमन्त्रीबाट बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ साउन, २०८२ मा प्रकाशित
‘अहिले चित्त नबुझे अधिनायकवाद भन्नेहरुलाई जेल हतकडी थाहा नहुन सक्छ’
काठमाडौं, साउन ११ :

बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बाट चार प्रतिभालाई पुरस्कृत गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काइँला), भुवन ढुंगाना कोइरालालाई जनही एक लाख रुपैयाँसहित पुरस्कृत गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झन्डा बोक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले बीपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए ।

‘अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ तर अधिनायकवाद कस्तो हुन्छ भने त्यसबेला भोग्ने बीपीहरु र हामीहरुलाई थाहा छ । जेल हतकडी र कालकोठरी भोग्नेहरुलाई थाहा हुन्छ । अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ । अघिल्लो पुस्ताका बीपी कोइरालाहरुले संघर्षका लागि बाटो देखाउनुभएको छ,’ उनले भने, ‘राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिस्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेका छन् । यी लडाइँमा बीपी प्रेरणाको मियो हुनुहुन्थ्यो । अब बीपी कोइराला र पुष्पलालहरु कुनै दल विशेषका नेता होइनन्, देशकै नेता हुन् ।’

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान गरेका जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाले राजनीति र साहित्यमा दिएको योगदानलाई चीरपर्यन्त कायम राख्न नेपाल सरकारको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममार्फत उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष वितरण हुँदै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार