मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
राजनीति

भूमिसम्बन्धी विधेयक फिर्ता लिन एकीकृत समाजवादीको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ साउन, २०८२ मा प्रकाशित
भूमिसम्बन्धी विधेयक फिर्ता लिन एकीकृत समाजवादीको माग
काठमाडौं, साउन ११ :

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भूमि सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् ।

सिंहदरबारमा आइतबार बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गेका हुन् । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल भएको छ। 

छलफलका क्रममा बोल्दै वास्तविक सुकुम्बासी, भूमिहिनहरुले जग्गा पाउनुपर्ने तर भूमाफिया र दलालहरुलाई पोस्ने ढोका बन्द गर्न आग्रह गरे । सकेसम्म विधेयक सरकारले फिर्ता लिनुपर्ने र नसके संशोधनहरु सम्बोधन गरिनुपर्ने बताएका छन्। 

उनले भने, ‘निकुञ्ज र वन क्षेत्रको जग्गा पहिला आफ्नो नाममा लिने सरकारले त्यसपछि वन क्षेत्रबाट छुटाउने । त्यसपछि वितरण गर्ने । यो तरिका हुँदै भएन, यो गम्भीर छ । माननीयज्युहरुले जुन सरोकार राख्नुभएको छ, चिन्ता व्यक्त गर्नुभएको छ, वास्तविक सुकुम्बासी, भूमिहिनहरुले जग्गा पाउन्, भूमाफिया र दलालहरुलाई पोस्ने ढोका बन्द गरियोस् । त्यसअनुसार भूमि सम्बन्धी विधेयक सके फिर्ता लिइयोस् । नसके संशोधनहरुलाई सम्बोधन गरियोस् ।’

सांसद ज्वालाले सरकारले निकुञ्ज र वन क्षेत्रको जग्गा पहिला आफ्नो नाममा लिने र वनक्षेत्रसँग छुटाएपछि वितरण गर्ने काम गलत भएको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार