काठमाडौं, साउन १२ :

प्रधानमन्त्री केपी ओलीले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सबाल भएकाले राष्ट्रिय खेलकुदको भव्य तयारी गर्न निर्देशन दिएका हुन् ।

उनले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह पनि गरे । परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली र मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिएका थिए ।

छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टंकलाल घिसिङलगायत सहभागी थिए ।