काठमाडौं, साउन १२ :

न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ । आयोगको सोमबार बिहान बसेको बैठकले उनलाई यो पदमा नियुक्त गरेको हो ।

पूर्व मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेरहदका कारण आइतबारदेखि अवकाशमा गएपछि पद रिक्त भएको थियो । त्यसपछि पौडेललाई जिम्मेवारी दिइएको हो ।

पौडेल यसअघि सर्वोच्च अदालतका रजिस्ट्रार थिए । सर्वोच्च अदालतमा २०७४ साल असार महिनादेखि मुख्यसचिव सरहको दर्जा हुने गरी मुख्य रजिस्ट्रार पद सिर्जना गरिएको हो ।