बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
समाचार

थापाको नेतृत्वमा कन्सुलर कोर-नेपालको नयाँ कार्यसमिति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ साउन, २०८२ मा प्रकाशित
थापाको नेतृत्वमा कन्सुलर कोर-नेपालको नयाँ कार्यसमिति
काठमाडौं, साउन १२ :

नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनिक कन्सुलर कोर-नेपाल (एचसीसीएन) को नेतृत्व नेपालका लागि बुल्गेरिया अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हालेका छन् ।

काठमाडौंमा भएको एचसीसीएनको १८औं साधारणसभाले प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका अध्यक्षसमेत रहेका थापालाई अर्को कार्यकालका लागि डिन चयन गरेको हो । थापाले सन् २०२५/२६ अवधिका लागि एचसीसीएनको नेतृत्व सम्हाल्नेछन् ।

एचसीसीएनको निवर्तमान डिनमा इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल छन् भने भाइस डिनमा फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य, कोषाध्यक्षमा रोमानियाका अवैतनिक महावाणिज्यदूत नारायण बजाज छन् ।

एचसीसीएन कार्यकारिणी समिति सदस्यहरुमा स्लोभाक रिपब्लिकका अवैतनिक वाणिज्यदूत पासाङ दावा शेर्पा, भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ, इटालीका अवैतनिक महावाणिज्यदूत प्रतिमा राणा पाण्डे, हंगेरीका अवैतनिक महावाणिज्यदूत अरूण चौधरी र पेरुका अवैतनिक वाणिज्यदूत सुमितकुमार अग्रवाल निर्वाचित भएका छन् ।

एचसीसीएन कार्यकारिणी समितिमा आइसल्यान्डका अवैतनिक वाणिज्यदूत विदुषी राणा आमन्त्रित सदस्य रहेको घोषणा गरिएको छ ।

नवनिर्वाचित डिन थापाले आगामी वर्षका लागि आफ्ना कार्ययोजना प्रस्तुत गर्दै आर्थिक कूटनीतिका संवाहक वाणिज्य दूतहरुको भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी वर्षका लागि आफ्ना कार्ययोजना प्रस्तुत गर्दै थापाले नेपाल सरकार र सम्बन्धित मुलुकसँग सहकार्य गरेर अघि बढ्ने जनाए ।

साधारणसभामा परराष्ट्रमन्त्री आरजु राणा, आर्थिक कूटनीति विषयका मुख्य टिप्पणीकार पूर्वपरराष्ट्र सचिव एवं पूर्वराजदूत ज्ञानचन्द्र आचार्य, निवर्तमान डिन चन्द्रप्रसाद ढकाललगायत सन् ०२४/२५ का लागि कार्यकारी समितिका सदस्यहरूले पुर्याएको योगदानका लागि उनले धन्यवाद दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार