
नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनिक कन्सुलर कोर-नेपाल (एचसीसीएन) को नेतृत्व नेपालका लागि बुल्गेरिया अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हालेका छन् ।
काठमाडौंमा भएको एचसीसीएनको १८औं साधारणसभाले प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका अध्यक्षसमेत रहेका थापालाई अर्को कार्यकालका लागि डिन चयन गरेको हो । थापाले सन् २०२५/२६ अवधिका लागि एचसीसीएनको नेतृत्व सम्हाल्नेछन् ।
एचसीसीएनको निवर्तमान डिनमा इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल छन् भने भाइस डिनमा फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य, कोषाध्यक्षमा रोमानियाका अवैतनिक महावाणिज्यदूत नारायण बजाज छन् ।
एचसीसीएन कार्यकारिणी समिति सदस्यहरुमा स्लोभाक रिपब्लिकका अवैतनिक वाणिज्यदूत पासाङ दावा शेर्पा, भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ, इटालीका अवैतनिक महावाणिज्यदूत प्रतिमा राणा पाण्डे, हंगेरीका अवैतनिक महावाणिज्यदूत अरूण चौधरी र पेरुका अवैतनिक वाणिज्यदूत सुमितकुमार अग्रवाल निर्वाचित भएका छन् ।
एचसीसीएन कार्यकारिणी समितिमा आइसल्यान्डका अवैतनिक वाणिज्यदूत विदुषी राणा आमन्त्रित सदस्य रहेको घोषणा गरिएको छ ।
नवनिर्वाचित डिन थापाले आगामी वर्षका लागि आफ्ना कार्ययोजना प्रस्तुत गर्दै आर्थिक कूटनीतिका संवाहक वाणिज्य दूतहरुको भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आगामी वर्षका लागि आफ्ना कार्ययोजना प्रस्तुत गर्दै थापाले नेपाल सरकार र सम्बन्धित मुलुकसँग सहकार्य गरेर अघि बढ्ने जनाए ।
साधारणसभामा परराष्ट्रमन्त्री आरजु राणा, आर्थिक कूटनीति विषयका मुख्य टिप्पणीकार पूर्वपरराष्ट्र सचिव एवं पूर्वराजदूत ज्ञानचन्द्र आचार्य, निवर्तमान डिन चन्द्रप्रसाद ढकाललगायत सन् ०२४/२५ का लागि कार्यकारी समितिका सदस्यहरूले पुर्याएको योगदानका लागि उनले धन्यवाद दिएका थिए ।