
काठमाडौं, साउन १५ :
प्रधानमन्त्री केपी ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खिर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभागद्वारा आज (बिहीबार) आयोजित स्रष्टा भेटघाट तथा खिर खाने कार्यक्रम उनले तराई मधेसमा यस वर्ष सुक्खा लागेकाले राम्रो खेती हुन नसकेको अवस्थामा सिँचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताए ।
उनले सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले सबै नेपालीले हरेक साउन १५ मा खुसीका साथ खिर खाने वातावरण निर्माणमा लाग्न आग्रहसमेत गरे ।