विराटनगर, साउन १६ :

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले यो प्रकरण राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको जिकिर गरे ।

उनले आफूले जिन्दगीमा एक पैसा पनि तलमाथि नगरेको दाबीसमेत गरे । ‘मेरो त भ्रष्टाचारको केस नै होइन,’ उनले भने, ‘मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो । जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन ।’

उनीविरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा मुद्दा चलिरहेको छ ।