काठमाडौं, साउन १८ :

प्रधानमन्त्री केपी ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफएन १७) मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई ।’

भारतको नोएडामा गएराति भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै रवीन्द्रले उपाधि जितेका हुन् ।