बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति भिडियो

प्रधानमन्त्री ओलीले भने- ज्ञानेन्द्र शाह असली होइनन्, कुशका राजा हुन्

वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ साउन, २०८२ मा प्रकाशित
प्रधानमन्त्री ओलीले भने- ज्ञानेन्द्र शाह असली होइनन्, कुशका राजा हुन्
काठमाडौं, साउन १८ :

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन् ।  बालुवाटारमा आइतबार आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ज्ञानेन्द्र शाहलाई कुसको राजाको संज्ञा दिँदै दरबार हत्यकाण्ड भएपछि कुसको राजाका रुपमा ल्याइएको बताए । वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकिएको उनको टिप्पणी छ । २००७ सालमै नेपालबाट तत्कालीन राजा त्रिभूवन भागेर भारत जानुभएको भन्दै त्यही बेला अग्रजहरुले राजा बाहेक अरुमा सम्झौता गर्छौं भनेको भए ठिक हुने टिप्पणी गरे । त्यही त्रुटिले २०६५ सम्म सामन्तवादीको अधिनमा रहनुपरेको बताए । 

उनले भने, ‘दरबार हत्यकाण्ड भनेको सानो कुरा हो । त्यसपछि एउटा कुसको राजा स्थापना गरेको भन्छु मैले । त्यो असली राजै होइन । राजा मारियो, रानी मारिए, युवराज मारिए । यता उता नभएको भाई चाहीँ खोजेर ल्याएर बनाएको छ । दरबार हत्याकाण्डको परिकल्पना गरेको छ । अनि त्यस बाटोबाट आएको राजाले जनताको अधिकार खोस्छ । एउटा कठपुतली आयोग बनाएर अख्तियार बाँकी छोडेर, शेरबहादुर देउवामाथि मुद्दा चलाउँदै थियो । अख्तियारले चलाएर नहुने, यो सबै २००७ सालमा राजा फर्काएको परिणाम हो । दिल्ली गइसकेका थिए, उतै बस्न दिएको भए भइहाल्थ्यो नि । राजा फर्काउँदैनौँ, अरु कुरामा सम्झौता गर्छौं भनेको भएपनि हुन्थ्यो होला । खैर त्यो अग्रजहरुको कुरा हो । त्रुटि भयो । जसले गर्दा भोगेको भोग्यै गर्नुपर्‍यो, ०६५ सालसम्म ।’

प्रधानमन्त्री ओलीले राजतन्त्र षड्यन्त्रकारी शासन भएको आरोप लगाउँदै २०६५ साल जेठ १५ गते अन्त्य भएको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार