बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद

नेपाली यू-ट्वेन्टी महिला रग्बी टोली घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ साउन, २०८२ मा प्रकाशित
नेपाली यू-ट्वेन्टी महिला रग्बी टोली घोषणा
काठमाडौं, साउन १८ :

नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यू-ट्वेन्टी सेभेन्स ट्रफीका लागि नेपाली यू-ट्वेन्टी महिला रग्बी टोली घोषणा गरेको छ ।

भारतमा आगामी साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यू-ट्वेन्टी सेभेन्स ट्रफी २०२५ आयोजना हुँदै छ । यसैका लागि रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषण गरेको हो । पछिल्लो संस्करण यस उमेरसमूहको प्रतियोगिता नेपालमै आयोजना भएको थियो ।

यसपटक भने भारतले आयोजना गर्न लागेको हो । नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही छिन् ।

सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली यू-ट्वेन्टी महिला रग्बी टोली छनोट भएको हो ।

नेपाली टोलीले हाल सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण गरिरहेको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए । प्रतियोगिता हुने भारतको मौसमसँग मिल्नेगरी टोलीलाई पछिल्लो एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको महासचिव घिमिरेले बताए ।

यो टोली प्रतियोगितामा सहभागी हुन आगामी साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम छ । प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रबाट समान ८/८ आठ पुरुष/महिला यू-टोलीले प्रतिस्पर्धा गर्दै छन् । बिहारस्थित राजगिर रंगशालामा प्रतियोगिता हुने रग्बी संघले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार