बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार प्रदेश बागमती प्रदेश

तारकेश्वर गाउँपालिका ६ का वडाध्यक्ष रिमालको निधन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ साउन, २०८२ मा प्रकाशित
तारकेश्वर गाउँपालिका ६ का वडाध्यक्ष रिमालको निधन
नुवाकोट, साउन १९ :

नुवाकोटको तारकेश्वर गाउँपालिका ६ का अध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा निधन भएको छ । ज्वरो र निमोनियाले स्वास्थ्य प्रतिकूल भएसँगै वीर अस्पतालमा उपचारको क्रममा उनको सोमबार बिहान निधन भएको हो ।

गत जेठमा पत्थरीको शल्यक्रियापश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका उनीलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले सताएको थियो । नेकपा एमाले नुवाकोटको सचिवालय सदस्यसमेत रहेका रिमाल यसअघि २०७४ को निर्वाचनमा वडासदस्यमा निर्वाचित भएका थिए ।

उनको निधनप्रति श्रद्धाञ्जली प्रकट गदै तारकेश्वर गाउँपालिकाले आज शोक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारीले शोक वक्तव्य जारी गर्दै वडाध्यक्ष एवं कार्यपालिका सदस्य रिमालको निधनमा आज ‘तारकेश्वर शोकको दिन’ घोषणा गर्दै गाउँपालिका, वडा कार्यालयहरू, सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा शोक बिदा दिएर राष्ट्रिय झन्डा आधा झुकाउने उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार