
काठमाडौं, साउन १९ :
म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेका रवीन्द्र ढाँट काठमाडौं फर्केका छन्।
नेपालका एमएफएन फाइटर रविन्द्र सोमबार काठमाडौँ आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा उनको भव्य स्वागत गरियो।
उनले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइटमा टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका हुन्। तेस्रो राउन्डमा उनले कोरेनलाई नकआउट हानेका थिए । त्यसपछि उनले एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल भए।