बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार

भेरी र बबई नदीको जलस्तर खतराको तहभन्दा माथि, सुरक्षाकर्मी परिचालन गर्न कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० साउन, २०८२ मा प्रकाशित
भेरी र बबई नदीको जलस्तर खतराको तहभन्दा माथि, सुरक्षाकर्मी परिचालन गर्न कार्यवाहक प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, साउन २० :

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राप्ती र बबई नदीमा जलस्तरले खतराको तह पार गरेको भन्दै जोखिमयुक्त स्थानहरुमा सुरक्षाकर्मीहरु परिचालन गर्न निर्देशन दिएका छन् ।

नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज (मंगलबार) भारी वर्षाको सम्भावना रहेको र भेरी र बबई नदीमा जलस्तर खतराको तह भन्दा माथि गएकाले जनधनको क्षति हुन नदिन सुरक्षाकर्मीहरु परिचालन गर्न निर्देशन दिएका हुन् । कार्यवाहक प्रधानमन्त्री सिंहको भनाइ उद्धृत गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले बबई र भेरीमा जलस्तरले खतराको तह पार गरेको अवस्थामा त्यहाँको स्थितिबारे जानकारी लिएको जनाए ।

उनले जनधनको क्षति हुन नदिन समयमै सतर्कता अपनाइ सुरक्षाकर्मी जोखिमयुक्त स्थानमा तैनाथ गर्न निर्देशन दिएको पनि बताउ । साथै मंगलावर (आज) महाकाली र कर्णालीमा पनि जलस्तर बढ्ने पूर्वानुमान रहेकाले त्यहाँ पनि सचेत हुन आग्रह गरेका छन् ।

‘राप्ती र बबई नदीमा जलस्तर बढेको स्थितिमा आकस्मिक बैठक बोलाउनुभएको हो । त्यो बाहेक देशभर विपद्‌मा के भइरहेको छ र कहाँ पानी कति परेको छ भन्ने सन्दर्भमा छलफल गरेका छौँ । आजका लागि राप्ती, बबई, कर्णाली र महाकाली क्षेत्रमा अलि बढी पानी पर्ने भएकाले र जलस्तर बढेकाले सचेत हुन सबै सम्बन्धित जिल्लाका सिडिओहरुलाई र सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिनुभयो,’ भट्टले भने, ‘राप्ती र बबईमा जलस्तर खतराको तह पार गरेको हुनाले सूचना जारी गरिसकेका छौं । त्यही क्षेत्रमा कर्णाली र महकाली रहेकाले जलस्तर बढ्नसक्ने आकलन छ । त्यो क्षेत्रका सबै नदीहरुमा सचेत रहन सूचना जारी गरिएको हो ।’

कार्यकारी प्रमुख भट्टकाअनुसार कार्यवाहक प्रधानमन्त्री सिंहले मधेस प्रदेशमा वर्षाको अवस्थाबारे पनि चासो लिएका छन् । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यहाँको वस्तुस्थिति बारेमा पनि कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार