नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच तत्काल एकता नहुने भएको छ ।
नेकपाको हिजो साँझ बसेको स्थायी कमिटी बैठकले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको भन्दै एकताको कारण र आधार पहिले स्पष्ट पार्नुपर्ने निष्कर्ष निकालेको छ ।
माओवादी केन्द्रको स्थायी समिति बैठकले एकता गर्ने निर्णय गरेको भोलिपल्टै नेकपाले तत्काल एकता असम्भव रहेको जनाएको छ । नेकपा एकताको सट्टा आफ्नै नेतृत्वमा माओवादी धार समेटेर नेतृत्व गर्ने पहलकदमी लिने निर्णय गरेको छ।
नेकपाले ३० साउनमा सातवटै प्रदेशमा एमसीसीविरुद्ध प्रदर्शन गर्ने र भदौमा केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको छ। बैठकको निर्णयबारे जानकारी दिंदै प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले नेकपा माओवादी केन्द्रले पहिला कारण र आधार स्पष्ट पार्नु पर्ने भन्दै अहिलेलाई एकताको सम्भावना टरेको बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ