काठमाडौं, साउन २० :

मुलुकलाई ग्रेलिस्टबाट हटाउन सरकारले गरिरहेको कामकारबाहीबारे नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले देश के कारणले ग्रेलिस्टमा परेको? भन्दै अर्थमन्त्रीसँग जवाफ माग गरे । उgले नेपालीहरुको सम्पत्तिको सीमा निर्धारण गर्न समेत माग गर्दै विदेशमा सम्पत्ति राख्न नपाउने कानुन बनाउन अर्थमन्त्रीसमक्ष माग गरे। 

सांसद सुवालले भने–‘नेपाल ग्रेलिस्टमा परेको हो की होइन ? ग्रेलिस्टमा परे देशमा पुँजी लगानी घट्ने र वित्तीय लागत बढ्ने हो की होइन ? नेपालीको सम्मपत्तिको सीमा निर्धारण र विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था भए सम्पत्ति शुद्धिकरण हुने र देश ग्रेलिस्टमा नपर्ने हो की होइन ? ग्रेलिस्टबाट मुलुकलाई हटाउन सरकारले केकस्तो काम गदैछ ?’

सांसद सुवालले देश ग्रेलिस्टमा परेपछि भएको नोक्सानीबारे सरकारले सदनमा जानकारी गराउनुपर्ने समेत माग गरे ।