बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी #आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी
राजनीति भिडियो

अर्थमन्त्रीलाई प्रेम सुवालको प्रश्न- नेपालीको सम्पत्तिको सीमा निर्धारण कहिले गर्नुहुन्छ ?

विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गरौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० साउन, २०८२ मा प्रकाशित
अर्थमन्त्रीलाई प्रेम सुवालको प्रश्न- नेपालीको सम्पत्तिको सीमा निर्धारण कहिले गर्नुहुन्छ ?
काठमाडौं, साउन २० :

मुलुकलाई ग्रेलिस्टबाट हटाउन सरकारले गरिरहेको कामकारबाहीबारे नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले देश के कारणले ग्रेलिस्टमा परेको? भन्दै अर्थमन्त्रीसँग जवाफ माग गरे । उgले नेपालीहरुको सम्पत्तिको सीमा निर्धारण गर्न समेत माग गर्दै विदेशमा सम्पत्ति राख्न नपाउने कानुन बनाउन अर्थमन्त्रीसमक्ष माग गरे। 

सांसद सुवालले भने–‘नेपाल ग्रेलिस्टमा परेको हो की होइन ? ग्रेलिस्टमा परे देशमा पुँजी लगानी घट्ने र वित्तीय लागत बढ्ने हो की होइन ? नेपालीको सम्मपत्तिको सीमा निर्धारण र विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था भए सम्पत्ति शुद्धिकरण हुने र देश ग्रेलिस्टमा नपर्ने हो की होइन ? ग्रेलिस्टबाट मुलुकलाई हटाउन सरकारले केकस्तो काम गदैछ ?’

सांसद सुवालले देश ग्रेलिस्टमा परेपछि भएको नोक्सानीबारे सरकारले सदनमा जानकारी गराउनुपर्ने समेत माग गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार