बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति प्रदेश मधेस प्रदेश

चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुन्छ : पूर्वराष्ट्रपति यादव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० साउन, २०८२ मा प्रकाशित
चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुन्छ : पूर्वराष्ट्रपति यादव
जनकपुर, साउन २० :

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुने खतरा रहेको औंल्याएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका २४ मा रहेको गोगलप्रसाद नमूना माध्यमिक विद्यालयको ७५ वर्ष पूरा गरेको अवसरमा मंगलबार आयोजित हिरक महोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले चुरे विनाश हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

 उनले अन्नको भण्डार, माछाको भण्डार, फलफूलको भण्डार रहेको मधेस चुरे विनाशका कारण मरुभूमिकरणतर्फ अग्रसर भइरहेको बताए । उनले चुरे विनाश रोक्न स्थानीयलाई अग्रसर हुन समेत आह्वान गरे । पूर्वराष्ट्रपति यादवले चुरेको वन विनाश गरेर मदन भण्डारी राजमार्ग बनाउन लागिएकोमा समेत चिन्ता व्यक्त गरे ।  उनले शिक्षा र स्वास्थ्यमा राजनीति हुन नहुने समेत बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार