राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा मागेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद मनिष झाले सभापति खतिवडाको राजीनामा मागेका हुन् ।
संघीय निजामति विधेयकमा कर्मचारीको कुलिङ अफ पिरियडमाथि भएको छलछामको नैतिक र राजनीतिक जिम्मेवार खतिवडा रहेको निष्कर्षसहित समितिले प्रतिवेदन बुझाएपछि उनको राजीनामा मागिएको हो । सांसद झाले सभापति खतिवडामाथि नैतिक प्रश्न उठेकोले पदमा रहन नमिल्ने तर्क गरे ।
उनले भने, ‘कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ । छापाखानाहरुमा यस्तै समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो । अब उनलाई नैतिक प्रश्न । यो नालायकीपनको जवाफ कसले दिने ? यसको जिम्मेवारी पनको जवाफ कसले दिने ? मेरो नाम लेखेको छैन भन्दैमा उम्किन पाइन्छ ? अहिलेको प्रधानमन्त्री भनेपछि हामी कसको नाम सम्झिन्छौं ? यहाँ पदको नाम लेखिएको छ नि ।’
सांसद झाले भाषा आयोगमा नियुक्ति खाने व्यक्ति मन्त्रिपरिषद्ले नियुक्त गरेका व्यक्ति नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ