बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
समाचार विदेश

बंगलादेशमा राष्ट्रिय चुनाव घोषणा, फेब्रुअरी २०२६ गर्न निर्वाचन आयोगलाई पठाइयो पत्र

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ साउन, २०८२ मा प्रकाशित
बंगलादेशमा राष्ट्रिय चुनाव घोषणा, फेब्रुअरी २०२६ गर्न निर्वाचन आयोगलाई पठाइयो पत्र
ढाका, साउन २२ :

बंगलादेशी अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले फेब्रुअरी २०२६ मा बंगलादेशको राष्ट्रिय चुनाव घोषणा गरेका छन् ।

फेब्रुअरी २०२६ मा आमचुनाव आयोजना गर्न निर्वाचन आयोगलाई पत्र पठाएका हुन् । जुलाई विद्रोहको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा गरिएको सम्बोधनमा युनुसले यस्तो घोषणा गरेका हुन् ।

रमजान महिना अर्को वर्ष फेब्रुअरी १७ वा फेब्रुअरी १८ मा सुरु हुने तय भएको छ । बंगलादेशी अर्थशास्त्री युनुसले गत वर्ष अगस्त ८ मा देशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका थिए ।

बंगलादेशी राष्ट्रपति मोहम्मद सहाबुद्दिनले ६ अगस्त २०२४ मा संसद् भंग गरेपछि अन्तरिम सरकार गठनको बाटो खुलेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार