
काठमाडौं, साउन २२ :
प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन्।
तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेट भएको हो । भेटमा नेपालमा लगानीका क्षेत्र बारेमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी भोलि (शुक्रबार) राति स्वदेश फर्कने कार्यक्रम छ ।