बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ साउन, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
प्रतीकात्मकर तस्बिर ।
काठमाडौं, साउन २२ :

ललितपुरमा केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीस्थित केटा साथीको घरमा गएकी १८ वर्षकी ती किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुधबार दिउँसो गएकी ती किशोरी बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो । अस्पताल लैजाने क्रममै उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।

किशोरीको शव पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ । अहिले मृतक किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार