काठमाडौं, साउन २२ :

ललितपुरमा केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीस्थित केटा साथीको घरमा गएकी १८ वर्षकी ती किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुधबार दिउँसो गएकी ती किशोरी बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो । अस्पताल लैजाने क्रममै उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।

किशोरीको शव पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ । अहिले मृतक किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ ।