बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति भिडियो

‘नयाँ संसद् भवनको काम समयमै सक्न निर्देशन दिइसकेको छु’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ साउन, २०८२ मा प्रकाशित
‘नयाँ संसद् भवनको काम समयमै सक्न निर्देशन दिइसकेको छु’
काठमाडौं, साउन २३ :

कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यतालिकाअनुसार कार्यप्रगति हुन नसकेकोबारे सरकारले विशेष ध्यान दिइरहेको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले नयाँ संसद् भवनको काम समयमै नसकिएकोबारे सबै जानकार रहेको बताए ।

तर सरकारले विगतका कमी, कमजोरीहरुलाई नियालेर सरकार गम्भीर बनेको उनले बताए । उनले काम समयमै सक्न मन्त्रालयदेखि सम्बन्धित इन्जिनियरदेखि महानिर्देशक र आयोजना प्रमुखलाई समेत बोलाएर निर्देशन दिइसकेको बताए ।

‘नयाँ संसद भवनको काम समयमै सकिएको छैन । यो तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो । सत्य यही हो । तर मैले अघि पनि भनेँ मैले यसमा । काम समयमै सक्न मन्त्रालयदेखि, सम्बन्धित इन्जिनियर, डीजी साबहरुलाई के गर्दा राम्रो हुन्छ भन्ने कुरामा हामी लागि नै रहेका छौं,’ उनले भने, ‘समयमा सम्पन्न नभएको प्रोजेक्ट, राष्ट्रिय स्तरबाटै सबैले ध्यान दिएको प्रोजेक्ट हो विगतका गल्तीहरुबाट सिकेर राम्रो बनाउन ध्यान दिइरहेको छु । कार्यतालिकामा प्रगति हुन नसकेको कुरालाई अहिलेको जुन अवस्था छ, त्यसबाट अझ प्रगति ल्याउन आवश्यक छ ।’

कार्यवाहक प्रधानमन्त्री सिंहले भएका कमी-कमजोरी औंल्याइदिएपछि सुधारका लागि लाग्ने प्रतिबद्धता जनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार