शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका #राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका
राजनीति

विदेशमा रहेका नेपालीको मताधिकार माग्दै रास्वपाले अभियान चलाउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ साउन, २०८२ मा प्रकाशित
विदेशमा रहेका नेपालीको मताधिकार माग्दै रास्वपाले अभियान चलाउने
काठमाडौं, साउन २३ :

राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपालीका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय चःमतिमा शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले विदेशमा रहेका नेपालीका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले बताए ।

त्यस्तै पार्टी सभापति रवि लामिछानेका लागि जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रुपमा प्रभावकारी बनाउन केन्द्रीय समितिका तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइनेसमेत निर्णय भएको उनले बताए । पार्टीको संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियालाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको पनि प्रवक्ता झाले बताए ।

पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्यहरू सम्पादन गर्न रणनीतिक समूहहरू गठन गर्ने र पार्टीको संगठन वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म सशक्त बनाउन र आवश्यक सबलीकरणका लागि केन्द्रीय समितिका सबै सदस्यहरू तथा केन्द्रीय विभागका सबै सदस्यहरूलाई जिल्ला जिल्लामा परिचालन गर्ने निर्णय गरेको पनिव झाले बताए ।

रवि लामिछानेका लागि राजनीतिक, कानुनी, प्रशासनिक तवरमा न्यायका लागि प्रयास जारी राख्ने तर जनताको अदालतबाट न्याय पाइने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार