बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
समाचार राजनीति

नागरिकतासम्बन्धी निर्देशिकालाई समय- सापेक्ष बनाउने गृहमन्त्रीको अठोट

· शनिबार, ३० भदौ, २०८१ मा प्रकाशित
नागरिकतासम्बन्धी निर्देशिकालाई समय- सापेक्ष बनाउने गृहमन्त्रीको अठोट
काठमाण्डौँ , भदौ ३० :

गृहमन्त्री रमेश लेखकले संविधान, नागरिकता ऐन, नियमावली र सर्वोच्च अदालतको आदेशका आधारमा नागरिकतासम्बन्धी निर्देशिकालाई समय- सापेक्ष बनाउने बताउनुभएको छ ।

न्यूज एजेन्सी नेपाल (नान) द्वारा आज आयोजित ‘नागरिकलाई नागरिकताः कानुन कि व्यवहार’ विषय कार्यक्रममा उहाँले नागरिकतासम्बन्धी निर्देशिकालाई संविधानको व्यवस्था अनुरूप हुने गरि परिमार्जन गर्न समीक्षा गर्ने विश्वास दिलाउनुभयो ।

गृहमन्त्री लेखकले संविधान, ऐन, नियमावलीमा समस्या नभएको र निर्देशिकामा समस्या छ भन्ने कुरा आएकोले कहाँ समस्या छ अदालतले दिएका आदेश बमोजिम निर्देशिकालाई परिमार्जन गर्न चाँडै टोली बनाएर समीक्षा गर्ने बताउनुभयो ।

अदालतको आदेशबाट समेत नागरिकता प्राप्त गर्न नसक्नु पीडादायी पक्ष भएको बताउँदै गृहमन्त्री लेखकले नागरिकता नपाएकै कारण पढ्न र रोजगारी प्राप्त गर्न नसक्ने जस्ता पीडा सम्बोधनका लागि सबै जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।

पानीजस्ता अत्यावश्यक वस्तु किनेर खान पनि नागरिकता चाहिने उल्लेख गर्दै उहाँले नागरिकतासम्बन्धी विषयलाई अब छिनोफानो र निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने लागेको बताउनुभयो ।

गृह मन्त्रालयको जिम्मेवारीमा आएपछि कानुन र नीति निर्माणलाई नै  आफूले प्राथमिकतामा राखेको बताउँदै मन्त्री लेखकले वि. स २०१२ मा बनेको प्रहरी ऐन देशमा धेरै शासन व्यवस्था फेरिए पनि कायमै रहेकाले अब एक महिनाभित्र उक्त ऐनलाई समयसापेक्ष तुल्याउनका लागि अन्तिम रूप दिई संसद्मा लैजाने प्रयत्न भइरहेको जानकारी दिनुभयो । 

कार्यक्रममा महिला कानुन तथा विकास मञ्चका अधिवक्ता सविन श्रेष्ठ, लामो समयदेखि नागरिकता प्राप्तिका लागि सङ्घर्ष गरिरहनुभएका कुमार जोशी र नेहा थापाले ‘आमाको नामबाट नागरिकता प्रदान गर्नू’ भन्ने अदालतको फैसला कार्यान्वयन नहुँदा समस्या भएको बताउनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार