बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
खेलकुद फुटबल

नेपाल एएफसी यू–२० महिला च्याम्पियनसिप छनोटको समूह चरणबाट बाहिरियो

उत्तर कोरियासँग ११–० ले पराजित भएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ साउन, २०८२ मा प्रकाशित
नेपाल एएफसी यू–२० महिला च्याम्पियनसिप छनोटको समूह चरणबाट बाहिरियो
थिम्पु, साउन २५ :

साबिक विजेता उत्तर कोरियासँग ११–० को फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यू–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ। 

आइतबार भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ रंगशालामा भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल एकपक्षीय रुपमा पराजित भयो।

यस हारसँगै नेपाल ३ खेलमा १ जित, १ बराबरी र १ हारसहित ४ अंकमै सीमित रह्यो। समूहको अन्तिम खेलमा जित आवश्यक रहेको अवस्थामा नेपाल कमजोर प्रदर्शनसहित प्रतियोगिताबाट बाहिरिएको हो।

उत्तर कोरियाले भने तीनै खेल जित्दै ९ अंकसहित समूह विजेता बन्दै २०२६ मा थाइल्यान्डमा हुने यू–२० एसियन कपको लागि छनोट भयो। उसले यसअघि साउदी अरेबियालाई १५–० र आयोजक भुटानलाई १०–० ले पराजित गरेको थियो।

May be an image of 3 people, people playing soccer, people playing football and text

नेपालले प्रतियोगितामा भुटानसँग १–१ को बराबरी खेल्दै १ अंक जोडेको थियो भने साउदी अरबमाथि १–० को कठिन जित निकाल्दै ३ अंक बटुलेको थियो। तर अन्तिम खेलमा उत्तर कोरियासँगको फराकिलो हारले नेपाललाई उत्कृष्ट उपविजेता बन्ने सम्भावनाबाट पनि टाढा बनायो।

अब भुटान र साउदी अरेबियाबीच आइतबार हुने अन्तिम खेलको नतिजाले समूहको अन्तिम तालिका निर्धारण गर्नेछ। यस समूहबाट केवल शीर्ष टोलीले मात्र एसियन कपमा स्थान सुरक्षित गर्ने व्यवस्था रहेको थियो।उत्तर कोरिया तीनपल्टको यू–२० विश्व विजेता तथा दुईपल्टको एसियाली च्याम्पियन हो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार