
राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारका कोठाको अनुगमन गरेको छ ।
कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको उल्लेख गरेका छन् ।
कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले बन्द गरिएको अवस्था रहेको जनाइएको छ । यद्यपि उनी बस्ने कोठमा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठुलो गरी दुई ओटा पंखा रहेको जानकारी दिइन् ।
आयोगकी प्रवक्ता लिली थापाले कारागारमा क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् ।
आयोगले कारागार प्रशासनलाई तत्काल झ्याल खोल्न निर्देशन दिएको छ । रवि कारागारमा भीआईपी सुविधाका साथ बस्छन् भन्ने चर्चाकाबीच आयोगले कारागारभित्रको वास्तविकता उजागर गरेको हो ।