बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति प्रदेश लुम्बिनी प्रदेश

मानवअधिकार आयोगले गर्‍यो- रवि लामिछाने बसेको रुपन्देही कारागारको अनुगमन

आयोगको आग्रहपछि कारागार प्रशासन झ्याल खोल्ने तयार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ साउन, २०८२ मा प्रकाशित
मानवअधिकार आयोगले गर्‍यो- रवि लामिछाने बसेको रुपन्देही कारागारको अनुगमन
रुपन्देही, साउन २६ :

राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारका कोठाको अनुगमन गरेको छ ।

कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको उल्लेख गरेका छन् ।

कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले बन्द गरिएको अवस्था रहेको जनाइएको छ । यद्यपि उनी बस्ने कोठमा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठुलो गरी दुई ओटा पंखा रहेको जानकारी दिइन् ।

आयोगकी प्रवक्ता लिली थापाले कारागारमा क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् । 

आयोगले कारागार प्रशासनलाई तत्काल झ्याल खोल्न निर्देशन दिएको छ । रवि कारागारमा भीआईपी सुविधाका साथ बस्छन् भन्ने चर्चाकाबीच आयोगले कारागारभित्रको वास्तविकता उजागर गरेको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार