काठमाण्डौँ , भदौ ३१ :

यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ५२ देशका आरोहीले अनुमति लिएका छन् । 

पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले मनासलु, पुथा हिउँचुली, अन्नपूर्ण चौथो, ठकर गो इस्ट, धौलागिरि पहिलो, फुङ्गी र कुम्भकर्ण हिमाल आरोहणका लागि ५२ देशका ३२९ जनाले अनुमति लिएको जानकारी दिनुभयो।

हालसम्म आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनबाट ५७, अमेरिकाबाट ३५, रसियाबाट ३०, बेलायतबाट २३, जापानबाट २३, चेक रिपब्लिकबाट १४, जर्मनीबाट १२ र काजाकिस्तानबाट १० जना आरोही रहेका छन् ।

फोटोः पर्यटन विभाग