काठमाडौं, साउन २७ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टीको पूर्ववत् जिम्मेवारीमा फर्किने मागसहित दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले मंगलबार रिट खारेज गरेको हो ।

पार्टीले कारबाही गरेपछि पनि निर्वाचन आयोगले रास्वपाको पदाधिकारीमा भएको हेरफेर अद्यावधिक नगरेको थाहा पाएपछि उनी त्यसैलाई आधार मान्दै आफू महामन्त्रीमा कायमै रहेको भनी रिट दायर गरेका हुन् । सर्वोच्चको निर्णयले रास्वपामा फर्किने ढकालको वैधानिक बाटो बन्द भएको छ । 

निर्वाचन आयोगले पदाधिकारी हेरफेर नगर्दा अप्ठयारो परेको भन्दै त्यसप्रति रास्वपाले आयोगलाई समेत ध्यानाकर्षण गराइसकेको छ ।