
फाइल तस्बिर।
काठमाडौं, साउन २९ :
प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाने भएका छन् । उनी भदौ १४ गते चीन गएर १८ मा स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन उनी चीन जान लागेका हुन् । सम्मेलन भदौ १५ देखि चल्नेछ । भ्रमणका क्रममा ओलीले चिनिया राष्ट्रपति सी चिनफिङसँग भदौ १८ गते भेट्ने कार्यक्रम तय भएको छ ।
यही कार्यक्रममा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदै छन् । त्यहाँ मोदीसँग पनि प्रधानमन्त्री ओलीको भेट हुने सम्भावना छ । चीनबाट फर्केपछि ओली भदौ ३१ गते भारत भ्रमणमा जानेछन् ।