बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार राजनीति मधेस प्रदेश

मधेस जाँदै प्रधानमन्त्री, उद्घाटन र भेटघाटमा व्यस्त रहने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० साउन, २०८२ मा प्रकाशित
मधेस जाँदै प्रधानमन्त्री, उद्घाटन र भेटघाटमा व्यस्त रहने
धनुषा, साउन ३० :

प्रधानमन्त्री केपी ओली आज (शुक्रबार) धनुषा र महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी हुँदे छन् । मधेस प्रदेशमा आज उद्घाटन, भेटघाट तथा विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

सरकारी समाचार एजेन्सी राससका अनुसार आज प्रधानमन्त्री ओलीले मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

जनकपुर ४ मा २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँमा बनेको प्रदेश प्रहरी कार्यालय भवन प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकले जानकारी दिए । २०८० असोज १० निर्माण सम्झौता भई भवन निर्माण सुरु भएको थियो ।

ओलीले आजै महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्र सडक निर्माणको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णले जानकारी दिए ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाअन्तर्गत महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर बजार-सोनमा-तरहारी-सुन्दरपुर खण्डको ८.३८४ किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो ।

२०८३ चैत ११ गतेभित्र सम्पन्न गर्नुपर्ने यस परियोजनाको कुल लागत ३४ करोड ६९ लाख ५० हजार ६१६ रुपैयाँ छ । विश्व बैंकको ऋण सहयोगबाट निर्माण हुने यो सडक १९ करोड सात लाख ८३ हजार ६१८ मा ठेक्का सम्झौता भएको छ । यस योजनाअन्तर्गत प्रदेशका २१ स्थानीय तहका केन्द्रलाई पक्की सडक सञ्जालसँग जोडिनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार