शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा #धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा
राजनीति स्वास्थ्य

स्वास्थ्यमन्त्री पौडेलले भने- प्रसूतिगृह लाखौं आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो

मिल्क बैंकजस्ता कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ साउन, २०८२ मा प्रकाशित
स्वास्थ्यमन्त्री पौडेलले भने- प्रसूतिगृह लाखौं आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो
काठमाडौं, साउन ३१ :

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका रुपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर रहेको बताए।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६६ औं वार्षिकोत्सवमा उनले प्रसूतिगृह नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी रहेको बताए । उनले भने, ‘अस्पतालले सुरु गरेको नियोनेटल स्क्रिनिङ, मिल्क बैंकजस्ता कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु । सरकारले हालै ल्याएको निःसन्तान उपचार मापदण्डको सफल कार्यान्वयनमा यस अस्पतालको पुनःस्थापित आइभिएफ सेवाले नेतृत्वदायी भूमिका खेल्नेछ ।’

मन्त्री पौडेलले भविष्यमा यस अस्पतालमा ११ शय्या थप गरेर ५०० शय्या बनाइने बताए । उनले काठमाडौँका दुई नगरपालिकामा २५-२५ शय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको जानकारी गराए । उनले स्त्रीरोग, आमा तथा शिशु सुरक्षा कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रमसँग जोडिने पनि बताए । 

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले स्त्रीरोगसम्बन्धी दुरबिन प्रविधिबाट हुने शल्यक्रिया, गर्भवतीका लागि मानसिक स्वास्थ्य ओपिडी र फेटल तथा मेटर्नल इको सेवाले रिफरल दर घटाएको बताए । उनले भने, ‘गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार सफल प्रसूति गराइएको र बहिरङ्ग विभागबाट दुई लाख ३३ हजारभन्दा बढीले सेवा लिएका छन् ।’

उनले गत आवमा आठ हजार ६९३ जना निःसन्तानसम्बन्धी सेवाग्राहीहरुले ओपिडीबाट सेवा लिएको बताए । कूल २९८ जना महिलाले आइयुआई सेवा र ४३ जना निःसन्तान सेवाग्राहीहरुले आइभीएफ सेवा लिएको जानकारी गराए ।  

डा अधिकारीले ,‘नियोनेटल स्क्रिनिङ टेष्ट’ बाट हालसम्म यस अस्पतालमा करिब दुई हजार नवजात शिशुहरुको परीक्षण गरिएको र सोमध्ये २० जना नवजात शिशुहरुको विभिन्न रोगको पहिचान गरी उपचार गरिएको छ । यो टेष्टले भ्रुण तथा गर्भमा रहेको शिशुको आनुवांशिक रोगको निदान गर्न सहज भएको छ ।

यो अस्पताल विसं २०१६ भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको दिनमा ४० शय्याबाट परोपकार संस्थाले स्थापना गरेको हो । देशको एकमात्र महिला स्वास्थ्यसम्बन्धी यो केन्द्रीय विशिष्टीकृत अस्पताल हाल ४८९ शय्या सञ्चालनमा रहेको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार