ललितपुर, साउन ३१ :

सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अहिले नख्खु कारागार स्थानान्तरण गरिँदैछ। लामिछानेलाई शनिबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरहवाबाट काठमाडौं ल्याइएको हो।

कारागारका प्रशासक भीमराज निरौलाका अनुसार लामिछानेलाई विशेष सुविधा नदिइए पनि कारागारको सिआसी ब्लकमा छुट्टै कोठामा राख्ने तयारी छ। कारागार स्थानान्तरणका लागि उनले जेठ महिनामै निवेदन दिएका थिए। जसमा अदालतले स्वीकृति दिएको भए पनि त्यसअनुसार तत्काल सरुवा गरिएको थिएन।

रुपन्देही कारागारमा लामिछाने ब्लक नम्बर ४ मा थुनामा थिए। केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त डा. लिली थापाको निरीक्षणका क्रममा लामिछानेले सरुवा नहुँदा गुनासो गरेका थिए।