बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

रवि लामिछानेलाई नख्खु कारगारमा पनि छुट्टै कोठा

रुपन्देही कारागारको ब्लक ४ बाट नख्खु कारागारको सीआरसी ब्लकमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ साउन, २०८२ मा प्रकाशित
रवि लामिछानेलाई नख्खु कारगारमा पनि छुट्टै कोठा
ललितपुर, साउन ३१ :

सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अहिले नख्खु कारागार स्थानान्तरण गरिँदैछ। लामिछानेलाई शनिबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरहवाबाट काठमाडौं ल्याइएको हो।

कारागारका प्रशासक भीमराज निरौलाका अनुसार लामिछानेलाई विशेष सुविधा नदिइए पनि कारागारको सिआसी ब्लकमा छुट्टै कोठामा राख्ने तयारी छ। कारागार स्थानान्तरणका लागि उनले जेठ महिनामै निवेदन दिएका थिए। जसमा अदालतले स्वीकृति दिएको भए पनि त्यसअनुसार तत्काल सरुवा गरिएको थिएन।

रुपन्देही कारागारमा लामिछाने ब्लक नम्बर ४ मा थुनामा थिए। केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त डा. लिली थापाको निरीक्षणका क्रममा लामिछानेले सरुवा नहुँदा गुनासो गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार