काठमाडौं, साउन ३१ :

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको छ। संघको तेस्रो राष्ट्रिय अधिवेशनबाट खोटाङका इच्छुराम रानामगरलाई सभापति चयन गर्दै ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।

शुक्रबारदेखि सुरु भएको अधिवेशन शनिबार बिहान सम्पन्न भएको थियो। अधिवेशनले उपसभापतिमा तीन जना, एक महामन्त्री, तीन सह–महामन्त्री र एक कोषाध्यक्षसहितको कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमिति सर्वसम्मत चयन भएसँगै संघभित्र नेतृत्व विवादको अन्त्य भएको नेताहरुको भनाइ छ। संघले आगामी दिनमा मगर समुदायको अधिकार, पहिचान र सहभागिता विस्तारमा अझ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।