बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
खेलकुद क्रिकेट

टप एन्ड टी–२० सिरिजमा नेपालको लगातार दोस्रो हार

नेपाल बंगलादेश ‘ए’ सँग २९ रनले पराजित
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ साउन, २०८२ मा प्रकाशित
टप एन्ड टी–२० सिरिजमा नेपालको लगातार दोस्रो हार
डार्विन, साउन ३१ :

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। शनिबार डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा भएको खेलमा नेपाल बंगलादेश ‘ए’ सँग २९ रनले पराजित भयो।

१८४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो। नेपालका लागि कुशल मल्लले अविजित अर्धशतक बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। मल्लले ४७ बलमा नटआउट ५९ रन बनाए।

बंगलादेशका रकिबुल हसनले तीन विकेट लिए भने सेफ हसन, रिपोन मन्डल र मृत्युन्जय चौधरीले समान एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो। ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाउँदा अफिफ होसेनले नटआउट ४८ रन जोडे।

नेपालका लागि रिजन ढकालले २ विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिए। नेपाल यसअघिको पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार