धनगढी, भदौ १ :

 कैलालीमा ४ दिनदेखि बेपत्ता आमाछोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । घोडाघोडी नगरपालिका-७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी एउटै रूखमा फरक-फरक पासोमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डगौरा छोरीसहित घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनीहरु गत साउन २९ देखि घरबाट बेपत्ता भएका थिए । खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो ।

शवलाई परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।