दाङ, भदौ १ :

रोल्पामा जंगली च्याउ खाँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।  

परिवर्तन गाउँपालिका-२ राङसी गाउँ निवासी ८१ वर्षीय भागीराम वली र उनकी श्रीमती ७४ वर्षीया नर्मला वलीको दाङमा उपचारका क्रममा मृत्यु भएको हो । जंगलबाट ल्याएको च्याउ खाएलगत्तै उनीहरू बिरामी भएका थिए ।उनीहरू दुवैको उपचारका क्रममै मृत्यु भएको हो ।  

साउन ३१ मा नर्मलाको र आइतबार भागीरामको मृत्यु भएको हो । मृतक दुवैको शवको पोस्टमार्टम प्रतिष्ठानमै गर्ने तयारी छ ।