काठमाडौं, भदौ १ :

प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा भारत भ्रमणको निम्तो पाएका छन् ।

भारतीय विदेशसचिव विक्रम मिश्रीले भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक रुपमा भ्रमणको निम्तो दिएका हुन् । प्रधानमन्त्री ओलीले निमन्त्रणाका लागि धन्यवाद दिए।  यसअघि नै ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारीमा थिए । परराष्ट्र मन्त्रालय भ्रमणको तयारी गरिरहेको जनाइएको छ ।

छिमेकी मुलुक चीनको भ्रमण गरिसकेका प्रधानमन्त्री ओलीले नियुक्त भएको १ वर्ष हुँदा पनि भारत भ्रमणको निम्तो भने पाएका थिएनन्। छिमेकी मुलुकले एकअर्का देशका प्रधानमन्त्रीलाई नियुक्त भएको केही महिनामै भ्रमणका लागि निमन्त्रणा गर्ने प्रचलन रहेको छ । तर ओलीको हकमा भने भारत सकारात्मक देखिएको छैन ।

नेपालले लिम्बियाधुरा, कालापानीसहितका भू-भाग समेटेर चुच्चे नक्सा जारी गरेदेखि नै भारत ओलीसँग रुष्ट छ।  यद्यपि ओली-मोदीबीच बिमस्टेकमा भेट भएको थियो।