बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

रास्वपाको चेतावनी- संख्याको बलमा असंसदीय अभ्यास भए प्रतिवाद गर्छौं

एकाएक उपसभामुखलाई हटाउने कांग्रेस-एमालेको तयारीले राजनीतिक तरंगित भएको छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३ भदौ, २०८२ मा प्रकाशित
रास्वपाको चेतावनी- संख्याको बलमा असंसदीय अभ्यास भए प्रतिवाद गर्छौं
काठमाडौं, भदौ ३ :

नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी थालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले दुई ठूला दलले संख्याको आधारमा असंसदीय अभ्यास गरे त्यसको कडा प्रतिवाद हुने चेतावनी दिएका छन्।

‘दुई ठूला दलले संख्याका नाममा गलत खालको क्रियाकलाप गरे, असंसदीय अभ्यास गरे भने त्यसको प्रतिवाद हुन्छ,’ परियारले भने, ‘यस्तो अभ्यासले प्रकारान्तरणमा लोकतन्त्रलाई कमजोर बनाउँछ।’

उनले संख्याको बलमा जे पनि गर्न सकिन्छ भन्ने मानसिकता सबैको हितमा नहुनेसमेत बताए। कांग्रेस र एमालेको पछिल्लो गतिविधिको विरोध कसरी गर्ने भन्नेबारे रास्वपा आन्तरिक छलफलमा रहेको उनले जानकारी दिए।

‘कांग्रेस र एमालेको यो पछिल्लो गलत क्रियाकलाप विरुद्ध कसरी जाने भनेर हामी आन्तरिक छलफलमा छौं, थप छलफल गर्छौं,’ परियारले भने।

रास्वपाका अन्य नेताहरू पनि अनौपचारिक रूपमा छलफलमा संलग्न रहेको बताइएको छ। कांग्रेस र एमालेले उपसभामुख हटाउने तयारी अघि बढाएपछि राजनीतिक परिस्थिति थप तरंगित भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार