बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति

चीन-भारत फेरि लिपुलेक नाका खोल्न सहमत, नेपाललाई बाइपास

नेपालले नक्सामा समेटेको क्षेत्रलाई भारतले आफ्नो भन्दै सडक निर्माण र सैन्य पूर्वाधार विस्तार गरेको छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ भदौ, २०८२ मा प्रकाशित
चीन-भारत फेरि लिपुलेक नाका खोल्न सहमत, नेपाललाई बाइपास
काठमाडौं, भदौ ४ :

नेपाललाई बेवास्ता गर्दै भारत र चीन फेरि एकपटक लिपुलेक नाका हुँदै सीमा व्यापार खोल्न सहमत भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा दुई देशबीच उक्त सहमति भएको हो।

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको निमन्त्रणमा वाङ यी भारत पुगेका थिए। मंगलबार राति भारतीय विदेश मन्त्रालयले जारी गरेको १२ बुँदे विज्ञप्तिको नवौँ बुँदामा ‘लिपुलेक, शिपकी ला र नाथुला पास हुँदै सीमा व्यापार पुनः खोल्न दुवै पक्ष सहमत’ भएको उल्लेख छ।

लिपुलेक नेपालको पश्चिमी भूभागमा पर्ने सीमावर्ती नाका हो। नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नो भूभाग भनी सन् २०२० मा नयाँ नक्सा सार्वजनिक गरेको थियो। तर, सो क्षेत्रलाई भारतले आफ्नो भन्दै सडक निर्माण र सैन्य पूर्वाधार विस्तार गरेको छ।

नेपालले यसअघि सन् २०१५ मा पनि यस्तै सहमतिप्रति आपत्ति जनाउँदै चीन र भारत दुवैलाई कूटनीतिक नोट पठाएको थियो। तर, पछिल्लो पटक फेरि यस्तै प्रकृतिको सहमति हुँदा पनि नेपाललाई जानकारी गराइएको छैन।

सन् २०१९ मा भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र समेटिएपछि नेपालले त्यसको विरोधमा आफ्नो 'संशोधित नक्सा' जारी गरेको थियो।

भारत र चीनबीच चिसिएको सम्बन्ध पछिल्लो समय सामान्य बन्दै गएको सन्दर्भमा दुई देशबीच पुनः व्यापारिक सहमति भएको हो। लिपुलेक नाका हुँदै चीन-भारतबीच पुनः व्यापार सुरु गर्ने सहमतिप्रति सरकारले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार